Notice for Extra-classes

This is to inform all the interested students that extra-classes will be conducted during summer vacation from 10 am to 1 pm everyday. Registration before beginning the classes is must.
– Head Teacher

Ramesh Prasad Guragain

Founder Chairperson

9841510812

Lachhi Maya Chouhan

Head Teacher

9842621616


School Principle Image

Message from Founder chairperson

सरस्वती आधारभूत विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुमध्ये सायद कसैले आफ्नो सुनौलो शैक्षिक जग निर्माण गर्ने यस विद्यालयलाई भुल्न सकेको छ । यस विद्यालयको तत्कालीन सापेक्षिक गुणस्तरीय शिक्षा र अनुशासनको पाठ प्रायः सबैलाई जीवन जीउने पथप्रदर्शक बनेको छ । पूर्व विद्यार्थीहरु गहिरो सम्झनासहित आफ्नो यो प्यारो विद्यालयतर्फ फर्कदै गर्दा देशमा सामुदायिक शिक्षाको स्थिति दयनीय बन्दै गएको यथार्थ पनि छ । सरकारी विद्यालयप्रति राज्यको उपेक्षा र लापरबाही बढेको छ । विद्यार्थीको संख्या घट्दै जाने, त्यही अनुपातमा शिक्षक दरबन्दी घटाउने, जसका कारण विद्यार्थी अझ कम हुने र अन्ततः विद्यालय मर्जरको नाममा बन्द हुने उल्टो यात्राको नीति प्रयोगमा ल्याइएको छ । सरकारले आफ्नो लगानी सीमित विद्यालयमा केन्द्रित गरेकाले समुदाय वा खास संस्था वा व्यक्तिले पहल नगरे धेरै सामुदायिक विद्यालय अन्ततः बन्द हुने दिशामा छन् । हाम्रो प्रिय विद्यालयको पनि नियति त्यही थियो तर त्यसलाई उल्ट्याएर यसलाई नयाँ जीवन दिन हामी सफल भएका छौँ । विद्यालयलाई दमक नगरको अनुकरणीय बनाउने ध्येयका साथ शैक्षिक सत्र २०७७ देखि पूर्वविद्यार्थीको तर्फबाट विद्यालय परिवार र नगरपालिकासँग सहकार्य भइरहेको छ । संस्थाको पहलमा शिक्षक, अभिभावक, स्थानीय बासिन्दा, सरोकारवालाबीच विभिन्न चरणमा छलफल भइसकेका छन् । विद्यालयलाई निरन्तर प्रगतिपथमा डोहो¥याउन पूर्व विद्यार्थी र शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग एवम् योगदान सह्रानीय छ । यस अभियानको नेतृत्वदायी भूमिकामा पूर्व विद्यार्थीहरुको संस्था सरस्वती एक्स–स्टुडेन्ट्स सोसाइटी (सेस) ले आफूलाई स्थापित गरेको छ । विद्यालयमा भौतिक र शैक्षिक पूर्वाधारको विकासका लागि बजेट जुटाउनदेखि विद्यार्थी संख्या वृद्धि र गुणस्तर अभिवृद्धिसम्म संस्थाको योगदान सर्वविदित छ । विद्यालयमा भएका गतिविधि, प्रगति र दैनिकीको जानकारी पस्किँदै यस अभियानमा अझै बढी पूर्व विद्यार्थीलाई देशविदेशबाट जोड्ने हाम्रो योजना रहेको छ । अन्ततः विद्यालयलाई यस क्षेत्रकै नमूना बनाउने हाम्रो ध्येयमा हातेमालो र सहकार्यका लागि सबै शुभेच्छुक र विशेषगरी पूर्व विद्यार्थीलाई आह्वान गरिन्छ ।

Ramesh Prasad Guragain

Founder Chairperson