Events

SESS Activities
२०७८ बैशाख १ गते
इलामको चपेटीमा वनभोज आयोजना गरियो । उक्त कार्यक्रम ५० बढी पूर्व विद्यार्थीको सहभागिता भएकाले उपलब्धीमूलक रह्यो । उक्त कार्यक्रमबाट पूर्व विद्यार्थीहरुबीच भावनात्मक एकता र सम्बन्ध विस्तार भएको छ ।
२०७७ साल फागुन ७ गते
सरस्वती एक्स–स्टुडेन्ट्स सोसाइटीको तर्फबाट अवकाशप्राप्त जीवन विताइरहनुभएका ७२ वर्षीय आदरणीय हेड सर हरिप्रसाद राईलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा रु. ३० हजार नगदसहित सम्मान गरियो । शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा रातदिन नभनी दिलोज्यानले योगदान गर्नुहुने गुरुप्रति पूर्व विद्यार्थीहरुको मनभित्र रहेको सम्मानको उपयुक्त अभिव्यक्ति उक्त कार्यक्रम थियो ।
स्वास्थ्य
विद्यार्थी, अभिभावक र स्थानीयलाई निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणसहित लायन्स क्लब अफ दमक स्विट सिटीको आयोजना र बिर्ताज्योति आँखा अस्पताल, ओम शान्ति डेन्टल र निम्स अस्पतालको सहयोगमा बेलाबेलामा विद्यालयमा स्वास्थ्य शिविर आयोजना हुँदै आएको छ ।
कोभिड १९ को महामारीबीचमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले आवश्यक सुरक्षा व्यवस्थाका लागि थर्मल गन, मास्क, स्यानिटाइजर लगायत सामाग्री जुटाउने काम भएको थियो । मास्क र स्यानिटाइजर प्रगति युवा क्लबबाट पनि प्राप्त भएको थियाो ।
