वि. सं. २०२२ सालमा स्थापित यो विद्यालय २०३५ सालसम्म झापा दमक २ स्थित बेल्डाँगीमा रहेको थियो । त्यहाँ सरकारले वन क्षेत्र तोकेपछि हालको स्थान भालुखुँडीमा दिवंगत हरिप्रसाद अधिकारीले प्रदान गर्नुभएको ८ कठ्ठा जग्गामा विद्यालय स्थानान्तरण भएको हो । विद्यालयले उत्तरतर्फ सँगै जोडिएको ६ कट्ठा जग्गा खरिद गरेपछि हाल विद्यालय कम्पाउण्ड १४ कट्ठामा रहेको छ ।
यस विद्यालयले आफ्नो सेवा क्षेत्रमा विगतदेखि नै पठनपाठनको दृष्टिले उल्लेख्य योगदान पु¥याउँदै आएको छ । यो विद्यालयमा २०४९ सालसम्म निम्नमाध्यमिक तह (कक्षा १–७) र त्यसपछि आधारभूत तह (कक्षा १–८) मा पठनपाठन हुँदै आएको छ । हाल पूर्व प्राथमिक तह नर्सरी र किन्डरगार्डेनमा अध्ययन अध्यापन हुँदै आएको छ ।
यस विद्यालयमा केही भवनहरु निर्माणाधीन अवस्थामा छन् । पुराना ८ वटा ब्लक रहेका छन् । जसमा विद्यालयको कार्यालय, पुस्तकालय, कक्षा कोठा, computer lab र हल रहेका छन् । विद्यालयमा एक बाल संग्रहालय रहेको छ ।
विद्यालयमा एकल प्रयोग हुने २ वटा र समुहगत प्रयोग हुने ४ वटा शौचालय छन् । छात्रा शौचालयमा स्यानिटरी प्याड व्यवस्थापनको लागि अस्थायी संरचना निर्माण गरिएको छ । खाजा घर निर्माण भएको छ । विद्यालयको घेराबारा मजबुत पारिएको छ । पार्किङका लागि संरचना तयार गरिएको छ । शुद्ध पिउने पानीको व्यवस्था गर्न फिल्ट्रेसन सिस्टम जडान गरिएको छ ।
School Mission & Vision
Our Advantage
- Qualified Teachers
- Quality Eduaction
- Better Facilities
- Affordable fee
- Career Opportunities
- Scholarships
- Academic Programs
- Computer Lab
